१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

वर्षमान पुन भन्छन्: जनताले शासन गर्ने कुरा स्वीकार गरिसक्यौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशका मालिक जनता नै भएको बताउँदै जनताले शासन गर्ने कुरा संविधानले नै स्वीकार गरिसकेको बताएका छन्। गृह जिल्ला रोल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन्। 

‘संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ । सार्वभौम सत्ता जनताको हुन्छ । देशका मालिक जनता हुन्,’ पुनले भने, ‘जनताले शासन गर्ने भन्ने कुरा स्वीकार गरेका छौँ।’  संविधानले नै लोकतान्त्रिक व्यवस्था अङ्गीकार गरेको र  तीन तहमा जनताका सार्वभौम अधिकारहरू बाँडफाँड गरेको उनले बताए। 

संघीयताका तीनै तहका सरकारबिच सहकार्य, समन्वय र प्रस्ट कार्य विभाजनका आधारमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको पनि उनले बताए। 

यस्तै संविधान निर्माणको एक दशक पुगिसकेको बताउँदै हालसम्म भएका अभ्यासका आधारमा समीक्षा गर्नुपर्ने बेला आएको पनि उपमहासचिव पुनले बताए। 

प्रकाशित: १८ भाद्र २०८२ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App