४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बालेन्द्र शाह भन्छन्ः कर्णालीको गहिराइ बुझ्ने पार्टी रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शे–फोक्सुण्डोको गहिराइ बुझ्न आफूहरू कर्णाली आएको बताए। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित रास्वपाको चुनावी वाचापत्र सार्वजनिक तथा परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले त्यो गहिराई बुझ्ने पार्टी रास्वपा रहेको बताए।  

उनले स्वर्गकी अप्सरा रारा ताल, देशकै लामो नदी कर्णाली, देशको सबैभन्दा ठुलो जिल्ला डोल्पा र गाउँपालिका भएको ठाउँमा आउन पाउँदा खुसी लागेको बताए।  

‘देशकै गहिरो ताल कर्णालीमै छ, जुन गहिराइलाई कहिलेसम्म कसैले बुझ्न सकेन’, उनले भने, ‘त्यो गहिराइलाई हामी बुझ्न चाहन्छौं, त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो।’

उनले कर्णालीको सुन मानिने यार्सा विश्वभर पुगेको तर स्याउ र मार्सी धान चितवन र झापासम्म नपुगेको बताए। ‘हामी कर्णालीको मार्सी र स्याउलाई देशभर पु¥याउन चाहन्छौं’, उनले भने, ‘हामी त्यो काम गर्न आएका हौं।’

शाहले आफूहरू सिंजा सभ्यता जोगाउने अभियानमा लाग्ने पनि बताए। ‘नेपाली भाषाको उद्गमस्थल, आफ्नै भाषा, लिपि, चित्रकला, नाचगान यहाँ छ’, उनले भने, ‘जसरी काठमाडौं महानगरपालिकामा नेवाः सभ्यताको नाचगान, लिपि, बाजागाजा, मूर्त, अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौं त्यसरी नै कर्णालीको सभ्यतालाई पनि हामी जोगाएर राख्न चाहन्छौं।’

प्रकाशित: ८ फाल्गुन २०८२ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App