२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

बालेन्द्र शाह प्रधानमन्त्री हुनु क्रान्तिकै जित हो: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक उदय क्रान्तिको संकल्प र उपलब्धिको भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले नेतृत्व परिवर्तन र नयाँ शक्तिको आगमन जनयुद्ध र जनआन्दोलनले निर्माण गरेको आधारकै परिणाम भएको बताएका हुन्।

संयोजक दाहालले भने, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो।’

उनले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनकै कारण नयाँ नेतृत्वले देशको बागडोर सम्हाल्ने अवसर पाएको उल्लेख गरे।

प्रकाशित: २९ वैशाख २०८३ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App