१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेपालका प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालय जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहको शपथग्रहण कार्यक्रम आजै मध्याह्नका लागि तय गरिएको छ। राष्ट्रपति निवास शीतलनिवासमा १२ः३४ बजे शपथ ग्रहण हुने कार्यक्रम रहेको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो मात्रै शाहलाई संसदीय दलको नेतामा चयन गरेको थियो।

प्रकाशित: १३ चैत्र २०८२ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App