४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

विदेशीको इसारामा बालेन्द्र साह झापा ५ मा निर्वाचन लड्न आए : एमाले नेता थापा

नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले फागुन २१ गते हुने निर्वाचनमा देश जोगाउने राजनीतिक शक्तिलाई जिताउनु पर्ने बताएका छन्।

नेकपा एमाले पशुपति टोल कमिटी दमक-८ को टोल भेलालाई सम्बोधन गर्दै अहिलेको निर्वाचन मुलुक जोगाउने र मुलुकलाई जलाउने बिचको भिडन्त भएको हुँदा देश जोगाउने दललाई जिताउन विगतको भन्दा यस पटक धेरै मिहिनेत गर्न पनि कार्यकर्तालाई नेता थापाले निर्देशन दिए।  

पार्टीको पशुपति टोल कमिटी दमक-८ का अध्यक्ष सूर्यप्रसाद भेटवालको अध्यक्षतामा भएको टोल भेलामा वडा कमिटी दमक-८ को संयोजक समेत रह]का नेता थापाले आफ्नो खुसीमा नभई विदेशीको इसारामा बालेन्द्र साह झापाको क्षेत्र न ५ मा निर्वाचन लड्न आएको आरोप लगाए। टोल भेलामा सहभागी अगुवा कार्यकर्ताबिच छलफल गर्दै उनले मुलुकलाई विदेशी दलालको पञ्जाबाट जोगाउने प्रतिनिधि केपी शर्मा ओलीलाई झापाको निर्वाचन क्षेत्रन ५ का मतदाताले उम्मेदवार बनाएको बताउँदै विगतका निर्वाचनमा खटेकोभन्दा दोब्बर मिहिनेतका साथ गाउँघरमा खट्न पनि उनी कार्यकर्तालाई आग्रह गर्छन्।

गत भदौ २३ गते जेनजी तोडफोडमा बन्द कोठामा बसेर कलिला स्कुले युवालाई तोडफोडमा उक्साउने बालेन्द्र साह नै रहेको उनको भनाइ छ। २४ गते विदेशी तत्वले मुलुकभरका सरकारी संरचना, व्यक्ति र नेताहरूको घर छानी छानी म्याप हेरर ध्वस्त पोरेको घटनाको विषय गाउँ टोलका बासिन्दालाई बुझाउन पनि थापाले अनुरोध गरे।

जनताको प्रतिनिधिले सार्वजानिक बहसमा भाग नलिइ आरोप प्रत्यारोप गरी पन्छिएको कुराले पनि बालेन्द्रको हैसियत थाहा भएको उनको भनाइ छ। एमाले दमक ८ को निर्वाचन परिचालन समितिको संयोजक तथा दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)ले वडाको वस्तु स्थितिका बारेमा जानकारी गराएका थिए।

प्रकाशित: १८ माघ २०८२ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App