रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा पुगेका जनमत पार्टी नेपालका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको तारिफ गरेका छन् ।
उनले प्रधानमन्त्रीलाई ‘स्मार्ट, स्टाइलिस र डायनामिक’ भन्दै प्रशंसा गरे । प्रधानमन्त्रीको प्रशंसासँगै उनले व्यङ्ग्यात्मक शैलीमा विपक्षी दलमाथि टिप्पणी पनि गरे।
उनले भविष्यमा राजनीतिक प्रतिस्पर्धाका नाममा कुनै दिन विपक्षीलाई कालो पोसाक लगाउनसमेत निषेध गरिन सक्ने अवस्था आउन नदिन लोकतान्त्रिक संस्कृतिको रक्षा आवश्यक रहेको संकेत गरे।
प्रकाशित: ७ असार २०८३ १६:२६ आइतबार





