१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बहादुर सिंह लामाले भने: कार्य तालिका नै नल्याई महाधिवेशन भनेर गफ नदिऊँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामा तामाङले कार्य तालिका नै नल्याएर महाधिवेशन भनेर गफ नदिन महामन्त्रीहरूलाई आग्रह गरेका छन्। बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै लामाले यस्तो भनेका हुन्। 

‘मंसिरभित्र महाधिवेशन गर्ने गरी तालिका निकालौँ अनि म्याद थप गर्ने नगर्ने भन्ने कुरा हुन्छ,’ लामाले भने, ‘अहिलेदेखि विशेष महाधिवेशन गर्छु भनेर हुन्छ र?’ 

महाधिवेशन भनेर कोकोहोलो मच्चाउनेले क्रियाशील सदस्यता नवीकरणदेखि नयाँ वितरणसम्मको काम ठप्प राखेको पनि आरोप लगाए। उनले भने, ‘क्रियाशील सदस्यता नवीकरण र वितरणको काम किन गराउन नसकेको?’

पार्टीको नेतृत्व लिन्छु भन्नेले सबैलाई मिलाएर पनि लैजान सक्नुपर्ने लामाले बताए। ‘पार्टीमा सबैसँग त्यागको भावना हुनुपर्छ। अरूले त्याग गर्नुपर्छ, मैले गर्नुपर्दैन भनेर हुँदैन। सबैले त्याग गर्न तयार भए मात्र मिल्छ। मिल्ने बाटोमा लागौँ,’ लामाले भने। 

उनले महाधिवेशन चाँडोभन्दा चाँडो गर्न सबैसँग आग्रह पनि गरे। 

प्रकाशित: १३ कार्तिक २०८२ १८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App