२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बागमती प्रदेश : एमालेले टुंग्यायो सरकारमा जाने मन्त्रीहरू

नेकपा (एमाले)ले बागमती प्रदेशमा बन्न लागेको नयाँ सरकारका लागि पार्टीको भागमा परेका ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ।

इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न लागेको नयाँ सरकारका लागि एमालेले मन्त्रीको नाम टुंगो लगाएको हो। जसमा एक जना दोहोरिएका छन् भने पाँच जना नयाँ रहेका छन्। बानियाँ नेपाली कांग्रेसबाट छैठौँ मुख्यमन्त्री बन्दै छन्।

नयाँ मन्त्रिपरिषद्का सदस्यहरूमध्ये नेकपा एमालेबाट किरण थापा पुनः स्वास्थ्य मन्त्री बन्न लागेका छन्। मधुशोधन पौडेल कृषि तथा पशुपन्छी विकासमन्त्री, भरत केसी वन तथा वातावरणमन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री, रोजगार तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री र डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री बन्न लागेका हुन्।

प्रकाशित: २० श्रावण २०८२ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App