३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

लमजुङमा रास्वपाका केसी विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन्। मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत पाएका छन्।

नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६, नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत पाएका छन्।

कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App