१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हेटौँडामा बागमती प्रदेशस्तरीय नागरिक संस्थाको भेला सम्पन्न

जेन-जी आन्दोलनपछिको राजनीतिक अवस्था र नागरिक संस्थाहरूबीच एकीकृत धारणा बनाउन नागरिक संस्थाहरूले प्रदेशस्तरीय छलफल गरेका छन् ।  

हेटौँडामा दुई दिनसम्म चलेको बागमती प्रदेशस्तरीय नागरिक संस्थाहरूको भेला तथा अन्तरक्रियाका सहभागीले देशको पछिल्लो परिवेशको समीक्षा गरेका छन् ।  

भेलामा हालैको जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवेश, नागरिक संस्थाहरूलाई एउटै ‘डालोमा राख्ने’ प्रयास र त्यससँग सम्बन्धित आरोपहरूबारे गहिरो बहस गरिएको थियो। सहभागीहरूले नागरिक संस्थाहरूबीच एकता, समन्वय र साझा रणनीतिक दृष्टिकोण विकास गर्नुपर्ने आवश्यकता औंल्याएको गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।  

May be an image of one or more people, people studying and table

कार्यक्रमका क्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री, सामाजिक विकास मन्त्री र संस्कृति मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग भेटघाट गरी मागपत्र पनि बुझाइएको छ ।  

छलफलमा सहभागी सरोकारवालाहरूले नागरिक समाजको भूमिकालाई प्रभावकारी बनाउन नीति–निर्माण तहमा प्रत्यक्ष सहभागिता र सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमकै अवसरमा “नागरिक समाज महासङ्घ, सञ्जाल र परिसङ्घ” गठन गरिएको छ। यो संरचनाले प्रदेशभरका नागरिक संस्थाहरूबीच सहकार्य, पैरवी र साझा रणनीति विकासमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएको छ। यो नयाँ संयन्त्रले नागरिक अधिकार, सामाजिक उत्तरदायित्व र सुशासन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०८२ १९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App