४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री भन्छन्ः राजनीति सेवा र धर्म हो, नाफाको व्यापार होइन

फाइल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले जनतालाई न्याय, शान्ति र विकासको अनुभव हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश समितिद्वारा हेटौंडामा आज आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई जनतालाई न्याय, शान्ति र विकासको अनुभव दिलाउने गरी काम गर्ने बताए।

राजनीति घाटा नाफाको व्यापार नभई सेवा र धर्म भएकोले आफू जनताको सेवामा समर्पित भएको जनाउँदै मुख्यमन्त्री बानियाले सत्य, न्याय र इन्साफ गरिब निमुखाको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

गरिब, विपन्न समुदायको पीडालाई आफूले नजिकबाट बुझेको जनाउँदै मुख्यमन्त्री बानियाले आफू मुख्यमन्त्री हुँदा प्राप्त हुने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिने घोषणा गरे।

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री तथा कांग्रेसबाट मन्त्री भएका बिनाविभागीय मन्त्री शिवराज अधिकारी र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई स्वागत तथा सम्मान गरेका थिए।

प्रकाशित: २१ श्रावण २०८२ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App