एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउँदा दुई उपाध्यक्षका उम्मेदवारले प्रस्ताव र समर्थन गरेको छ ।
ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् ।
अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रकाशित: २९ मंसिर २०८२ १६:३६ सोमबार





