२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

बादलको प्रस्ताव: कांग्रेस–एमाले मिलेर चुनाव लडौँ

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेससँग मिलेर चुनाव लड्ने प्रस्ताव गरेका छन्। मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठीमा धारणा राख्दै उपाध्यक्ष थापाले फागुन २१ को चुनावमा मिलेर जानुपर्ने प्रस्ताव राखेका हुन्।

मुलुकमा ‘डीप स्टेट’को खेल चलिरहेको दाबी गर्दै बादलले वामपन्थी र लोकतन्त्रवादी शक्तिसँग प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचनमा मिलेर त्यसलाई परास्त गर्नुपर्ने दुई विकल्प रहेको बताए। 

‘दुइटा बाटो हाम्रो अगाडि छ। यसबाट अगाडि बढ्न हामीले रणनीति तयार गर्न जरुरी छ,’ बादलले भने, ‘लोकतन्त्र पुनर्स्थापनाका लागि १६५ मोर्चा हो। आधामा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔँ।’ 

प्रकाशित: १५ पुस २०८२ १६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App