नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिने प्रस्ताव राखेका छन्।
बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव राखेका हुन्।
स्रोतका अनुसार भट्टराईले युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै अध्यक्ष पद छाड्ने प्रस्ताव राखेका हुन्।
प्रकाशित: ८ आश्विन २०८२ १७:१४ बुधबार





