३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेकी छन्। राजदूत जोन्स्टनले गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्याललाई भेटेर शिष्टाचार बिदाइ भेट गरेकी हुन्।

भेटका क्रममा मन्त्री अर्याल र राजदूत जोन्स्टनबीच नेपाल र अस्ट्रेलिया रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द भट्टराईले जानकारी दिए।

साथै मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन्। राजदूत जोन्स्टन सेप्टेम्बर १२, २०२४ मा नेपालका लागि राजदूत भएर आएकी थिइन्

प्रकाशित: २७ कार्तिक २०८२ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App