प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्।
राजदूत अर्न्स्टले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।
भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित: १५ आश्विन २०८३ १३:०२ बिहीबार





