राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्नेगरी सत्तापक्ष दलले गृहकार्य गर्नु दुखद रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै यस्तो बताएका हुन्।
सत्तारुढ दलले ह्वीप जारी गरी हस्ताक्षर सङ्कलन गरेर सांसदको विवेकलाई बन्दी बनाउन नहुने उनको धारणा थियो। कार्यपालिकाले व्यवस्थापिकामाथि हस्तक्षेप गरेको भन्दै सांसद परियारले यस्ता कार्यबाट लोकतन्त्र नै खतरामा पर्ने चेतावनी समेत दिए।
प्रकाशित: ४ भाद्र २०८२ १५:०६ बुधबार


-600x400.jpg)


