४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रवि-बालेन भेटप्रति असिम शाह भन्छन् : दाजुभाइको मिलन भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीचको भेटवार्ताप्रति रास्वपाका केन्द्रीय सदस्य असिम शाहले सुखद सुरुवात भएको बताएका छन्। 

कारागारबाट रवि छुटेपछि बालेनसँगको भेटलाई उनले नेपाली राजनीतिमा सुखद सुरुवात भएको बताएका हुन्। 

कमलपोखरीस्थित शाहको घरमा उनीहरूको भेट भएको थियो। रवि र बालेनको भेटपछि शाहले सामाजिक सञ्जालमा लेख्दै भने, 'अन्ततः कथाको सुखद सुरुवात भएको छ।'

उनले रवि र बालेनको भेटलाई दुई दाजु भाइको मिलनको संज्ञासमेत दिएका छन्। उनले यो व्यक्तिले नभएर देशले खोजेको आशाको मिलन भएको दाबी गर्दै सबै नेपालीलाई बधाई समेत दिए।

प्रकाशित: ८ पुस २०८२ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App