१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

सत्ता बाहिरिएलगत्तै 'कालकोठरीमा' बास हुन्छ : रवि किरण हमाल

नेपालमा ‘ग्रे जोन’ सम्बन्धी समाचारलाई लिएर चर्चा भइरहेका बेला जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले रवि लामिछानेसहित वर्तमान राजनीतिक नेतृत्वमाथि कडा टिप्पणी गरेका छन्।

फेसबुकमार्फत हमालले लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता तथा पासपोर्ट लिएको दाबी गर्दै आफ्नो देशको नागरिकता त्यागेर अर्को देशको नागरिकता रोज्ने व्यक्तिको हातमा देशको सबैभन्दा ठूलो राजनीतिक दलको नेतृत्व पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

गत वर्षको जेनजी आन्दोलन हिंसात्मक बन्नु, जेल फोडिनु तथा देशका विभिन्न स्थानमा क्षति हुनुमा रवि लामिछाने, वर्तमान सभामुख, केही मन्त्री तथा सांसद र वर्तमान प्रधानमन्त्रीसमेत जोडिएको दाबी गर्दै हमालले राष्ट्रिय मानव अधिकार आयोगको धारणा उद्धृत गरेका छन्।

हमालले ‘ग्रे जोन’को सहारा लिनुपर्ने अवस्थामाथि समेत प्रश्न उठाएका छन्। 'ग्रे जोनको सहारा लिनुपर्छ र यसको लागि?' भन्दै उनले प्रश्न गरेका छन्।

सत्तामा रहेका नेताहरूलाई लक्षित गर्दै हमालले आफूले लेखेको पोस्टमा भनेका छन्, 'यिनीहरू अहिले सत्तामा छन्, बाहिर निस्केको भोलिपल्ट सदाका लागि कालकोठरीमा हुनेछन्। त्यो समय नजिकिँदै छ।'

प्रकाशित: १ आश्विन २०८३ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App