१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

'ग्रे जोन, रेड जोन' भन्दै भ्रम फैलाउने काम भयो : सांसद खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले सञ्चारमाध्यममा आएका ‘ग्रे जोन’ सम्बन्धी विषयलाई लिएर प्रश्न उठाएका छन्।

उनले ‘ग्रे जोन’ भनेको के हो भन्दै कथित शीर्ष अनलाइन सञ्चारमाध्यममा आएका समाचारभन्दा त्यस्ता सामग्रीमा के फरक रहेको छ भन्ने प्रश्न गरेका छन्। साथै, समाचार कुन तथ्य र विश्वसनीय स्रोतमा आधारित छ भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत खत्रीले लेखेका छन्, ''ग्रे जोन' हो चै के? नेपालका कथित टप भनिएका अनलाइनहरू भन्दा के कुरा भिन्न छ र? अनि कुन तथ्यमा बसेर लेखिएको छ र पत्याइ दिनुपर्ने। विश्वासिलो स्रोत चै के?'

इन्टरनेटबाट संकलन गरिएको तथ्यांक वा सामग्रीका पछाडि कुद्नुभन्दा समाचारको विश्वसनीयता र स्रोत महत्वपूर्ण हुने उनले बताए। सरकारका कामकारबाही र कार्यशैलीबारे भने जति पनि प्रश्न गर्न सकिने उनले उल्लेख गरेका छन्।

तर ‘ग्रे जोन, रेड जोन’ जस्ता विषयलाई लिएर कन्स्पिरेसी थ्योरी निर्माण गरी भ्रम फैलाउने काम भएको खत्रीको आरोप छ।

प्रकाशित: १ आश्विन २०८३ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App