१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अर्याल बने मुख्यसचिव, कार्यकाल आठ महिनामात्र

नेपाल सरकारको २९ औँ मुख्य सचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल नियुक्त भएका छन् ।  

आजको मन्त्रिपरिषद बैठकले रक्षा सचिव रहेका अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । उनी वरिष्ठ सचिव थिए।

मुख्यसचिव एकनारायण अर्यालले ५८ वर्षे उमेर हदका कारण यही मंसिर १० गते अनिवार्य अवकाश पाउँदैछन्। त्यसैले अर्याललाई आजै मुख्यसचिव नियुक्त गरिएको हो।

अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका थिए ।  

त्यसपछि राष्ट्रिय योजना आयोग हुँदै उनी रक्षा मन्त्रालय पुगेका हुन् । अर्याल मुख्यसचिव भएमा उनको कार्यकाल आठ महिनाको मात्र हुनेछ ।  

उनी ५८ वर्षे उमेर हदका कारण २०८३ असार २६ गते अवकाशमा जानेछन् ।

प्रकाशित: ८ मंसिर २०८२ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App