६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

भरत दाहाललाई पक्राउ गरेर बहादुरी देखाउने होइन, रिहा गर : मुमाराम खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गरेको विषयमा आपत्ति जनाउँदै उनलाई रिहा गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत खनालले जीबी राई प्रकरणका कारण बालेन्द्र शाह नेतृत्वको सरकार दबाबमा परेको भन्दै त्यसको आक्रोशमा दाहालजस्ता बोल्ने र लेख्ने व्यक्तिलाई पक्राउ गरेर ‘बहादुरी’ देखाउन नहुने टिप्पणी गरे।

खनालले लेखेका छन्, ‘बालेन्द्र सरकारको गालामा जीबी राईले लगातार हानिरहेको थप्पडबाट रन्थनिएर भरत दाहाल जस्तो बोल्ने र लेख्ने मान्छेलाई पक्रेर बहादुरी देखाउने होइन। भरत दाहाललाई रिहा गर।’

यद्यपि, दाहाललाई रिहा गर्न माग गरे पनि आफू दाहालका सबै विचारको समर्थक नरहेको खनालले स्पष्ट पारेका छन्।

‘यसो भन्दैमा म भरत दाहालको आग्रह, पूर्वाग्रह र षडयन्त्र सिद्धान्तको समर्थक भने होइन,’ खनालले भनेका छन्।

प्रकाशित: ६ आश्विन २०८३ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App