४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

विदेशमा भएका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था मिलाउन पर्छ: गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई पनि समानुपाति प्रणालीअन्तर्गत मतदान गर्न पाउने व्यवस्था मिलाइने बताएका छन् ।  

आगामी निर्वाचनका विषयमा निर्वाचन आयोगमा भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा सरकारको विशेष जोड रहेको दावी गरे ।  

उनले भने, ‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने माग अहिले धेरै ठूलो अपेक्षा बनेको छ । सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ । अब यसलाई सम्भव बनाउनैपर्छ । प्राविधिक कठिनाइ भएपनि जहाँबाट सकिन्छ। यो व्यवस्था लागू गर्न आवश्यक छ ।’

गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागीमूलक बनाउन सबै पक्षलाई समेट्ने प्रयास आवश्यक रहेको भन्दै निर्वाचन आयोगसँग सहकार्यमा रहन सरकार तयार रहेको बताए ।  

उनले पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको बताएका छन्  । जेन-जी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको पनि बताए ।

उनले भने, ‘अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा क्षति पुगेको छ । निजी क्षेत्रहरूमा पनि सम्पत्तिहरू नष्ट गरिएको छ । निर्वाचन आयोगका केही कार्यालय पनि क्षतिग्रस्त भएका छन् । नेपाल सरकारले ती कार्यालयहरू पुनः सञ्चालनमा ल्याउने कार्य गरिरहेको छ ।’

 

प्रकाशित: २ आश्विन २०८२ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App