महिला ७४ हजार ९ सय ७ र पुरुष ७४ हजार ६ सय ९० गरि जम्मा १ लाख ४९ हजार ९७ मतदाता रहेको रोल्पामा शान्तपुर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा करिब ४७ प्रतिशत मत खसेको छ । केहि मतदान केन्द्रको मतपटिका आईसकेको छ ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जिल्लामा शान्तपुर्ण बताबरणमा मतदान सकिएको बताए । खसेको मतको अन्तिम संख्या निकाल्न बाँकी रहेको छ । दिउँसो ४ बजेसम्म ४४।६८ प्रतिशत मत खसेको थियो । ४ बजेदेखि ५ बजेसम्म खसेको मत संख्याबारे अपडेट हुन बाँकी रहेको छ ।
प्रमुख जिल्ला अधिकारी क्षेत्रीले खसेको मतको अन्तिम परिणाम आउन बाँकी रहेको र केही समय पछि जानकारी प्राप्त हुने बताए । ‘सबै मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सुरू भएको छ । आजै राती सम्म सबै मतपेटिका आईपुग्छ ।’
मतपेटिका सदरमुकाम लिवाङमा ल्याइसकेपछि गणना गरिने मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले बताए । मत गणना लिवाङमा रहेको घरेलुु तथा साना उद्योग कार्यालयमा गरिने छ ।
प्रकाशित: २१ फाल्गुन २०८२ १८:४० बिहीबार





