२१ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सेनालाई सीमा रक्षामा खटाउनुपर्छ, मन्त्रीको सुरक्षामा होइन: हर्क

फाइल तस्बिर।

श्रम संकृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्रीहरूको सुरक्षामा नभई देशको सीमा रक्षा र विपद् व्यवस्थापनमा खटाउनुपर्ने बताएका छन्।

साम्पाङले नेपाली सेनाको मुख्य दायित्व राष्ट्रको सार्वभौमसत्ता र सीमा रक्षा भएको सुनाए।

‘सैनिकलाई सीमा रक्षामा खटाउनुपर्ने हो।’ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मन्त्रीहरूको सेक्युरिटी गर्ने, गाडीको ढोका खोल्दिने काममा उनीहरूलाई राख्नु हुँदैन।’

नेता र मन्त्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल रहेको भन्दै उनले सेनालाई यस्तो काममा अल्झाउन नहुने बताए। ठूला प्राकृतिक प्रकोप र विपद्को समयमा भने सेनाले उद्धार तथा व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय सामाजिक सञ्जालमा आफूमाथि निरन्तर भइरहेका आक्रमण र साइबर थ्रेटका विषयमा सोधिएको प्रश्नमा साम्पाङले त्यसलाई सामान्य रूपमा लिएको बताए।

‘त्यो त्यति ठूलो कुरा जस्तो लाग्दैन। तर, जुन हिसाबले शब्दहरूको प्रयोग गरियो, त्यो चाहिँ अलिकति आपत्तिजनक छ,’ उनले भने। उनले यस्ता कार्यमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन आफूले आवश्यक पहल गरिरहेको र बाँकी काम प्रशासनको भएको बताए।

प्रकाशित: २१ चैत्र २०८२ १७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App