२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन्। मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको निमन्त्रणामा प्रधानसेनापति सिग्देल आइतबारदेखि असोज ३ गतेसम्म चीनको औपचारिक भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। 

भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरम  (The 13th Beijing Xiangshan Forum) मा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ। 

चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए। 

नेपाली सेनाले प्रधानसेनापति सिग्देलको चीन भ्रमणबाट दुई देशबीचको आपसी सैनिक सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेको छ।  

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्। 

प्रकाशित: २८ भाद्र २०८३ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App