विनियोजन विधेयक राष्ट्रिय भिजन र राष्ट्रिय लक्ष्य साथ आएको हुँदा सत्तापक्षको सांसदसहित विपक्षको सांसदहरुको क्षेत्रीय सांसद बन्ने सपना चक्नाचुर भएको रास्वपा सांसद समीक्षा बास्कोटाको भनाई छ।
मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेयकको छलफलमा बोल्दै उनले उक्त विधेयकले बृहत भिजन बोकेको भन्दै जान्नेलाई छान्ने पार्टीको अर्थमन्त्रीले लेखेको हुदाँ उकृष्ट रहेको बताइन्।
विधेयकको सवल पक्ष नै रास्वपाको वाचापत्रमा लेखिएको ‘थीति बसाल्ने संकल्प’ ठुलो संकल्प रहेको बताइन् । उनले विगत ३५ वर्षदेखि देशमा रहेको वेथितिको बोझ बोकेर थीति बसाल्ने संकल्प निकै ठुलो संकल्प भएको बताइन्। सरकारले ल्याएको यस बजेटले सुदूरपश्चिमका भावनासहित कर्णालीका भावना मात्रै नभएर उक्त भुगोलमा भएका उत्पादनलाई पनि बजार व्यवस्थापन गर्ने संकल्प गरेको बताइन्।
साथै उनले प्राङगारीक मलको उत्पादन र प्रयोगमा सरकारले ध्यान दिनुपर्ने र त्यसको लागी पनि संकल्प गर्नुपर्ने सुझाव दिएकी छिन्।
प्रकाशित: ५ जेष्ठ २०८३ १७:४२ मंगलबार





