राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै पनि प्रकारको हस्तक्षेप वा छेडखानी स्वीकार्य नहुने बताएका छन्।
जनकपुरधामबाट बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्न नेपाली जनता सदैव सजग रहेको उल्लेख गरे।
उनले लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि प्रहार भए त्यसको सशक्त प्रतिरोध जनस्तरबाट हुने चेतावनीसमेत दिएका छन्।
‘फेरि भन्दैछु, नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्नेछन्,’ सिंहले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रकाशित: ११ असार २०८३ २१:०१ बिहीबार





