१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

अमनप्रताप अधिकारीले भने : ओली सरकारविरुद्ध बोलेको कुरामा पछुतो छैन

चर्चित टेलिभिजन निर्देशक अमनप्रताप अधिकारीले जेन-जी प्रदर्शनको भिडियोबारे स्पष्टीकरण दिएका छन। सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले तत्कालीन केपी शर्मा ओली सरकारविरुद्ध आफूले आक्रोश पोखेको भन्दै बचाउ गरेका हुन्। 

अधिकारीले आफ्नो आक्रोश ओली सरकार, संसद् र नेताहरूप्रति रहेको स्पष्ट पारेका छन। आफ्ना अगाडि पछाडि, दायाँबायाँ चारैतिर स्कुले पोसाकमा भएका विद्यार्थी सरकारको निर्देशनमा चलेको गोलीबाट मृत्युवरण गरेको रिस पोखेको तर्क गरेका छन। 

उनले सो आन्दोलनमा आफ्ना सन्तान पनि गएको भन्दै बालबालिका सहिद भएपछि त्यसैको झोक निकालेको बताए। उनले भाइरल भिडियोमा अपशब्द बोल्दै ‘तेरो देश सकियो’ भनेको कुराको पनि जवाफ दिएका छन। उक्त बयान तत्कालीन सरकार, संसद् र नेताहरूप्रति लक्षित रहेको उनले स्पष्ट पारेका छन।

आफ्नो कुनै पनि बयान देश र जनताविरुद्ध नभएको भनेका छन। अपशब्दले असहज भएकोमा माफी मागेका छन। तर जसप्रति लक्षित बयान थियो त्यसमा कुनै पछुतो नभएको उनको भनाइ छ। 

संसद् भवन वा सिंहदरबार जलाउने कुरामा आफू संलग्न नभएको दाबी पनि उनको छ। आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको उनले उल्लेख गरेका छन।

प्रकाशित: १० कार्तिक २०८२ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App