२५ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

भक्तपुरका सवै मतदानस्थल सुरक्षित

भक्तपुर जिल्लाका सवै मतदानस्थलहरु सुरक्षित रहेको जनाइएको छ । जिल्ला निर्वाचनको कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रकाश मगरले जिल्लाका कुनै पनि निर्वाचतस्थल सुरक्षा दृष्टिले असंवेदनशिल नरहेको जनाए । जिल्ला निर्वाचन तयारीबारे स्वतन्त्र पत्रकार संघ भक्तपुरले गरेको साक्षात्कारमा उनले त्यसकारण ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण जिल्लाबासी मतदाताहरुलाई अनुरोध गरे ।  

भक्तपुर जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रहरु रहेका छन्, भक्तपुर क्षेत्र नं १ र २ । त्यसका लागि कुल ७६ वटा मतदानस्थलमा २३३ मतदान केन्द्रहरू निर्धारित गरिएको छ । यसवर्ष पहिलाका वर्षहरुमा भन्दा मतदाता बढेको र यही कारण मतदान केन्द्रहरू थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भक्तपुर क्षेत्र नं १ मा ३७ मतदानस्थलमा ११९ मतदान केन्द्र तथा भक्तपुर २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्रहरु निर्धारित छन् । यस चुनावमा सुरक्षित, संवेदनशील तथा संवेदनशीलभन्दा उच्च जोखिम भएका मतदानस्थलहरूसहित सुरक्षा र व्यवस्थापनमा जोड दिइएको जनाइएको छ ।

आवश्यकता अनुसार एउटा मतदानस्थलमा आवश्यक मतदान केन्द्रहरु रहने गरेका छन् । एक मतदान केन्द्रमा एक हजार मतदाताको हिसावले मतदान केन्द्रहरुको वन्दोवस्त रहेको जनाइएको छ ।  

भक्तपुर जिल्लामा मतदानका लागि प्रायः स्कूल, सार्वजनिक भवन, सरकारी हल आदि स्थानहरू प्रयोग हुने गरेको जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रकाश मगरले बताए । यसो हुँदा, केही स्थानमा छत नभएका वा अस्थायी कभर भएको स्थल हुने गरेको उनले बताए ।

प्रकाशित: २५ माघ २०८२ २०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App