१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सर्वदलीय बैठक सम्पन्न, नेताहरू बाहिरिने क्रममा

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। मंगलबार दिउँसोदेखि जारी बैठक केहीबेर अघि सकिएको हो।

बैठक सकिएसँगै दलका नेताहरू छलफल कक्षबाट बाहिरिने क्रम सुरु भएको छ। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत बैठकबाट बाहिर निस्किसकेका छन्।

अन्य दलका शीर्ष नेताहरू पनि क्रमशः बाहिरिने क्रममा छन्। आगामी निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको बैठक घण्टौँसम्म चलेको थियो।

बैठकको निष्कर्षबारे जानकारी लिन सञ्चारकर्मीहरू बालुवाटारमा प्रतीक्षारत छन्। बैठकमा भएको छलफलको विस्तृत विवरण भने नेताहरू बाहिरिएपछि मात्र प्राप्त हुनेछ।

प्रकाशित: ४ कार्तिक २०८२ २०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App