कैलालीमा ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुंगिएपछि मनोनयनको तयारी थालेका छन्।
नेकपा एमालेबाट कैलाली–१ मा द्वारिका न्यौपाने –२ मा सूर्यबहादुर थापा, कैलाली–३ गौरी शंकर थारु, कैलाली–४ मा लेखराज भट्ट र कैलाली–५ मा यज्ञराज ढुंगानाले उम्मेदवारी दिने भएका छन्।
यसैगरि नेपाली कांग्रेसबाट कैलाली–१ मा जनक चौधरी, कैलाली–२ मा विजय स्वार, कैलाली–३ मा भीम बडवाल, कैलाली–४ मा वीर बहादुर बलायर र कैलाली–५ मा नरनारायण शाहले उम्मेदवारी दिने भएका छन्।
यसैगरि नेकपाबाट कैलाली–१ रामलाल डगौरा, कैलाली–२ मा राजेन्द्र साउँद, कैलाली–३ मा विरभान चौधरी, कैलाली–४ हरि चौधरी उत्सव र कैलाली– ५ मा प्रेम आले मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।
यसैगरि रास्वपाबाट कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल,कैलाली–३ मा लक्ष्मण थारु, कैलाली–४ मा हरी रेग्मी र कैलाली–५ आनन्द चन्दले मनोनयन दर्ता गर्ने भएका छन्।
प्रकाशित: ६ माघ २०८२ १०:३२ मंगलबार



-600x400.jpg)

