२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

बैंकका नोट बाहेकका सबै सरकारी कागजपत्र अब नेपालमै छापिने

सरकारका प्रवक्ता भन्छन्: सबै कुरा हाम्रो सुरक्षण मुद्रण केन्द्रमै छाप्छौँ

सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ । फाइल तस्बिर

सरकारले बैंक नोट बाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।  

आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अबदेखि बैंक नोट बाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डदेखि लिएर, हाम्रो लालपूर्जा, सिटिजनसिप, राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरौँ । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौ । यो वर्षदेखि बन्द गरेका छौ, गएको वर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन बेलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो ।’

उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामाग्री केन्द्रलाई छाप्न दिएको बताए ।  ‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनकशिक्षा सामाग्री मार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका छौँ । हाम्रो कर्मचारीको व्यवस्थापन हुन अव एक हप्ता लाग्छ यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु,’ उनले भने ।  

बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खरिद गर्नुपर्ने बताए । उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्ट छाप्नुपर्ने बताए ।  

‘परराष्ट्रमन्त्रालयले ६४ लाख पासवर्ड छाप्नुपर्ने भन्यो । त्यो हामीलाई ६ महिला अगाडि नै जानकारी गराउनुपर्छ ।  हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुरक्षण मुद्रण केन्द्रसँग जोडिएका डकुमेन्टहरु छाप्न सुरक्षण मुद्रण ऐन अनुसार सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्छ,’उनले भने ।  

प्रकाशित: १५ भाद्र २०८२ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App