१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जेन-जीका ६ प्रदेशका संयोजक भन्छन् : टासी ल्हान्जोमको नागरिकताको प्रश्न तथ्यहीन

मन्त्रिमण्डलमा समावेश हुने चर्चामा रहेकी हुम्लाकी टासी ल्हान्जोमका नागरिकताबारे तथ्यहीन र विभेदकारी प्रचारप्रसार भएको जेनजीका ६ बटा प्रदेशका संयोजकले बताएका छन्।  

उनीहरुले एक विज्ञप्तीमार्फत् टासी हिमाली आदिवासी सीमान्तकृत समुदायसम्बद्ध कर्णालीबासी रहेको बताएका हुन्। सामाजिक सञ्जाल र सञ्चार माध्यममा ‘कपोलकल्पित, तथ्यहीन, र अपमानजनक’ प्रवाह भएको उनीहरुको भनाइ छ ।  

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशकका संयोजकहरुले सयुक्तरुपमा जारी गरेको उक्त विज्ञप्तीमा ‘यस प्रकारको अपमानजनक र निश्चित समुदायद्वेषी अभिव्यक्तिका कारण हुन गएको व्यक्तिगत र समुदायको भावनात्मक क्षतिप्रति दुःख व्यक्त गर्दछौं’ भनिएको छ ।  

उनीहरुले  नैतिक, वैचारिक, सैद्धान्तिक र व्यवहारिक रूपमा यस प्रकारको निश्चित समाज र निश्चित समुदायद्वेषी कार्यको समर्थन र पृष्ठपोषण नगरिने बताएका छन् ।  

‘यो घटना इतिहासको लामो समयदेखि हिमाली, आदिवासी जनजाति, मधेसी, दलित, मुश्लिम, थारू र महिला भएकै कारण राज्यसरकारको भेदभावपूर्ण र अपमानजनक नश्लीय चिन्तन बोकेको वर्ग–समुदायबाट गरिँदै आएको अन्याय र विभेदको निरन्तरता हो, ’ उनीहरुले भनेका छन् ।  

टासी मन्त्रिमण्डलमा समावेश हुने चर्चा भएसँगै जेनजीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको र उनको जेनजी आन्दोलनमा कुनै भूमिका नरहेको बताएकी थिइन् ।  

६ प्रदेशका सयोजकहरुले कर्णालीका संयोजकको नाममा जारी गरिएको र उनलाई उक्त विज्ञप्ति मानवीय, कानुनी, सामाजिक र नैतिक दृष्टिले पूर्णरूपमा निन्दनीय छ । उक्त अभिव्यक्ति विभाजनकारी र स्वार्थी समूहहरूको प्रभाव र प्रेरणाबाट निर्देशित रहेको हाम्रो ठम्याई छ, उनीहरुले वक्तव्यमा भनेका छन् ।

‘हामी यस वक्तव्यमार्फत् सम्पूर्ण सरोकारवाला पक्षहरूलाई यस्तो किसिमका भेदभावपूर्ण र निश्चित  समुदाय लक्षित उन्मुख अभिव्यक्तिहरूबाट संयमता अपनाउन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछौं । साथै हामी हरेक समुदायबीच समानता, आपसी सम्मान, सदभाव र सह–अस्तित्वमा आधारित न्यायपूर्ण समाज निर्माणका लागि निरन्तर प्रतिबद्ध रहने प्रष्ट पार्दछौं, ’ वक्तव्यमा भनिएको छ ।  

यसैगरी, हुम्ला समाज, नेपाल शेर्पा संघ, मुगु समाज कल्याण केन्द्र, हुम्ला लिमी समाज, डोल्पा समाज, मनाङ समाजसेवी समिती, ओखलढुगा समाज कल्याण परिवार, बाग्लुङ उत्थान समाज लगायतक विभिन्न सस्थाले पनि टासी र उनका परिवार पुस्तौदेखि लिमीमा वसोवास गरेको बताएकाछन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनीहरुले भनेकाछन, ‘टासी र उनको परिवार आदिमकालदेखि बसोवास गर्दै आएका आदिवासी हुन ।’

 

प्रकाशित: ३१ आश्विन २०८२ १८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App