२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। उनी यसअघि उपसभापति थिए।

भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको हो। भेलाले सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढालाई चयन गरेको छ।समितिलाई भेलाले चयन गरेको हो।

यसैबीच, सभापति चयन भएपछि ऐडीले देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २४ जेष्ठ २०८३ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App