धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)को पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि सबैलाई धन्यवाद दिएका छन्।
निर्वाचन आयोगले आइतबार साम्पाङको दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गरेर आधिकारिक प्रमाणपत्र दिएपछि उनले धन्यवाद दिएका हुन्। उनले बधाई आफूलाई मात्रै नभइ सारा नेपालीलाई दिएको जिकिर गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सबैलाई धन्यवाद! बधाई मलाई मात्रै होइन सारा नेपालीलाई दिन चाहन्छु म!'
साम्पाङले आइतबार निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन्। उनको दलको चुनाव चिह्न ‘माटो’ राखिएको छ।
प्रकाशित: १७ कार्तिक २०८२ ०७:०४ सोमबार





