२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

फेसबुकबाटै मोदीले देखे नेपालको बदलिँदो युवा पुस्ताको जाँगर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शनपछि नेपालका युवाहरूले सडक सफा र रंगरोगन गर्न गरिरहेको मिहिनेतको प्रशंसा गरेका छन्।

भारतको मणिपुरस्थित इम्फालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले हालै नेपालमा युवाहरूले देखाएको नागरिक चेतना र सकारात्मक सक्रियताको बारेमा बोलेका हुन्।

‘पछिल्ला केही दिनदेखि नेपालका युवा-युवतीहरूले सडक सफा गर्न र रंगरोगन गर्न मिहिनेत गरिरहेको देखिन्छ,’ प्रधानमन्त्री मोदीले भने, ‘मैले सामाजिक सञ्जालमा उहाँहरूको तस्बिर पनि देखेको छु।’

उनले नेपाली युवाहरूको यो कदम प्रेरणादायी भएको बताए। ‘उहाँहरूको सकारात्मक सोच र सकारात्मक कार्य प्रेरणादायी मात्र होइन, नेपालको नयाँ उदयको स्पष्ट संकेत पनि हो,‘ मोदीले भने, ‘म नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।’

नेपालमा हालै भएको जेन-जी आन्दोलनपछि देशका विभिन्न सहरहरूमा युवाहरूले स्वतःस्फूर्त रूपमा सार्वजनिक स्थानहरूको सरसफाइ र पुनर्निर्माणमा श्रमदान गरिरहेका छन्।

आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू मर्मत गर्नेदेखि लिएर सडकका भित्ताहरूमा कलात्मक चित्र कोर्नेसम्मका काममा युवाहरू जुटेका छन्।

प्रकाशित: २८ भाद्र २०८२ १८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App