१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

जंगी अड्डा बाहिर जेन जीको विवाद देखिएपछि सेनाले भन्यो: भोलि बिहान सम्पर्कमा आउनू

जेन जी समूहले देशभर गरेको प्रदर्शनले नेपाली राजनीतिले नै कोल्टे फेर्‍यो । अहिलेको परिस्थितिको आँकलन नै नगरी भएको प्रदर्शन र अवस्थाले अब राजनीतिक गतिरोध कसरी निस्कन्छ भन्ने अनुमान लगाउन मुस्किल छ ।  

नेतृत्व अब जेनजीलाई भनेपछि नेता को भन्ने बहस एकातिर छ भने नेपाली सेनाले सम्पूर्ण सुरक्षाको जिम्मा लिएपछि थालेको वार्तामा जेनजीबीच नै फरक फरक धारणा आइरहेको छ ।  

आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिलाई नेपाली सेनाले भोलि बिहीबार बिहान सम्पर्कमा आउन भनेको छ ।

जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गर्दै समान धारणा बनाएर बिहान आउन भनको हो । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले माइकिङमा भने, ‘एक–एक जना ग्रुप लिडरको नामसहित लेखेर हामीलाई दिनुहोला ।’

सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए ।

प्रकाशित: २५ भाद्र २०८२ २०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App