४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीलाई पराजित गरेपछि बानियाँले भने: ‘लोकतन्त्रको सुन्दर पक्ष’

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएपछि इन्द्र बानियाँले पार्टीभित्रको प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर पक्षको संज्ञा दिएका छन्।

मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गरेपछि बोल्दै उनले यसलाई व्यक्तिगत जित-हारभन्दा पनि जिम्मेवारीको हेरफेरको रूपमा लिनुपर्ने बताए।

‘लोकतन्त्रमा दलभित्र अन्तरसंघर्ष र दलहरूबीच बाहिरी संघर्ष हुनु स्वाभाविक हो,’ बानियाँले भने, ‘नेतृत्वको अदलीबदली लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो। यसले जनताको विश्वासलाई बलियो बनाउँछ।’

मुख्यमन्त्री लामाले दलको नेताको हैसियत गुमाइसकेको अवस्थामा नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्नेमा उनले जोड दिए।

‘उहाँले पार्टीका साथीहरू र जनताको भावनालाई मान्नुभएन भने त्यो लोकतन्त्रको दुर्भाग्य हुनेछ,’ उनले भने, ‘तर हामीसँग लोकतान्त्रिक प्रक्रिया छ, त्यही प्रक्रियाबाटै उहाँलाई सहज रूपमा बिदाइ गरिनेछ।’

उनले दलको नेता फेरिनुले पार्टीभित्र लोकतान्त्रिक अभ्यास जीवन्त रहेको प्रमाणित भएको र यसले व्यवस्थाप्रतिको जनताको विश्वासलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: १४ श्रावण २०८२ १७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App