१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले मेयर हुँदा चासो देखाएको घटनामा कारबाही : प्रदेश सांसद शर्मा पक्राउ

एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राती धुम्बराहीस्थित निवासबाटै पक्राउ गरेको हो।

सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले उनको पक्राउको पुष्टि गरेका छन्। शर्मामाथि एक बालिकालाई लामो समयसम्म बन्धक बनाई श्रम शोषण गरेको आरोप छ। 

यसअघि काठमाडौं महानगरपालिकाको टोलीले गत वर्ष जेठमा उद्धार गरेकी ती बालिकाले आफू हिंसामा परेको बताएकी थिइन्। त्यस समयमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मुद्दा नचलाउने निर्णय गरेको थियो। 

सो समयमा तत्कालीन मेयर एवं वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा यसबारे लेखेका थिए। उनले भनेका थिए, ‘सरी नानु, तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ।’ 

६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको आरोप लगाएकी थिइन्।

प्रकाशित: १६ चैत्र २०८२ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App