२६ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। उनले प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्न आग्रह समेत गरे।

कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको उनले बताएका छन्।

यस्तै, प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए।

उनले भने, 'पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु-गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहम् आवश्यकता पर्दछ। जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला।'

प्रकाशित: २६ आश्विन २०८३ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App