४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मुख्य सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिवहरूबिच भर्चुअल बैठक बस्दै

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज भर्चुअल बैठक बस्ने भएको छ।

विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणका लागि मुख्य सचिव अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्ने भएको हो। बैठक आज दिउँसो साढे १२ बजे बस्ने छ।

अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी गराएका छन्।

हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचना र अत्यावश्यक सेवामा परेको असरलाई तत्काल सुचारु गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।

प्रकाशित: २५ भाद्र २०८२ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App