मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज भर्चुअल बैठक बस्ने भएको छ।
विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणका लागि मुख्य सचिव अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्ने भएको हो। बैठक आज दिउँसो साढे १२ बजे बस्ने छ।
अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी गराएका छन्।
हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचना र अत्यावश्यक सेवामा परेको असरलाई तत्काल सुचारु गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।
प्रकाशित: २५ भाद्र २०८२ १२:०४ बुधबार





