१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री बानियाँको तलब भत्ताबाट एकल महिला सुनारको घर बन्ने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरि गाउँपालिका–९ निवासी मिठुमाया सुनारको घर बनाइदिने भएको छ। मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब विपन्न परिवारको घर बनाई दिने घोषणा गरेका थिए।  

सोही घोषणाअनुसार करिब पाँच वर्षअघि श्रीमान् गुमाएकी र एक मात्र छोरा सङ्गम सुनारसमेत आपाङ्ग रहेको अति विपन्न सुनारको घर बनाई दिन मंगलबार मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत दुई लाख रुपैयाँ हस्तान्तरण गरे।  

मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले विपन्न सुनारको घर निर्माणका लागि मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई चेक हस्तान्तरण गरे।  

मुख्यमन्त्रीको सेवासुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर बनाई दिने घोषणाअनुसार स्थानीयवासी र गाउँपालिकाको सिफारिसमा एकल महिला सुनारको घर बनाई दिन लागेको उनले बताए।  

मुख्यमन्त्री बानियाँबाट प्राप्त रकमबाट सुनारलाई दुई वटा कोठा, एउटा भान्सा कोठा र बाथरुम तथा शौचालय निर्माण गरिदिने मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले जानकारी दिए। 

प्रकाशित: १० भाद्र २०८२ २०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App