१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसमा चर्को विवाद, केन्द्रीय समिति बैठक स्थगित

महाधिवेशनको मितिको विषयमा संस्थापन र इतर पक्षबिच विवादका कारण नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सुरु नै नभई स्थगित भएको छ।

अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। 

आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमति नलिएरै महामन्त्री गगन थापाले मंसिरभित्र १५ औं महाधिवेशन गर्ने गरी कार्य तालिका प्रस्तुत गर्ने तयारी गरेका थिए। 

महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले बिहान कार्यवाहक सभापति खड्कालाई भेटेर सहमति नदिए पनि कार्य तालिका प्रस्तुत गर्ने किसिमको जानकारी दिएका थिए। 

कार्य तालिका प्रस्तुत गर्न नदिए आफू बैठकमै सहभागी नहुने धम्की पनि दिएको स्रोत बताउँछ। त्यसले थप द्वन्द्व बढ्ने अवस्था देखिएपछि कार्यवाहक सभापति खड्काले केही थप समय लिने गरी बैठक स्थगित गरेको स्रोतले बतायो। 

प्रकाशित: १४ कार्तिक २०८२ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App