२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शेखर समूहको निष्कर्ष : कारबाही विधान विपरीत र एकातर्फी

शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह समेत गर्ने

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई कारबाही गरेपछि कांग्रेस नेता डा शेखर कोइरालाले आज आफ्नो सम्पर्क कार्यलयमा समूहको बैठक बोलाएका छन्।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए।

बैठकमा कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने विषयमा छलफल भएको थियो भने कारबाही विधान विपरीत र एकातर्फी भएको निष्कर्ष निकालिएको छ। शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह समेत गर्ने र राजनीति रूपमा यसलाई सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने विषयमा गहन छलफल भएको छ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूका बिच अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको बताए।

प्रकाशित: २६ असार २०८२ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App