२० असार २०८३ शनिबार
image/svg+xml
राजनीति

सरकारको उपलब्धि- १४ अस्पतालमा जलन उपचार इकाइ, ६४ स्वास्थ्यकर्मीलाई तालिम

सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना गरेको छ। सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मीत पोखरेलले यसबारे जानकारी दिएका हुन्।

नयाँ स्थापित जलन उपचार इकाइहरूको प्रभावकारी सञ्चालनका लागि सरकारले ६४ जना स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम समेत प्रदान गरिसकेको प्रवक्ता पोखरेलले जानकारी दिए।

यसैगरी, स्वास्थ्य सेवामा पहुँच बढाउने प्रयासअन्तर्गत सरकारले ‘लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३’ जारी गरेको छ।

सरकारको प्रगति विवरण अनुसार ‘सुलभ फार्मेसी सेवा मापदण्ड २०८३’ मार्फत् औषधि सेवालाई सहज बनाउन विभिन्न कार्यक्रमहरू समेत अघि बढाइएको छ।

प्रकाशित: २० असार २०८३ १६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App