सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ।
सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासीहरूलाई राहत वितरण गरिएको जानकारी दिइएको हो।
मन्त्रिपरिषद्को गत ५ जेठको निर्णय अनुसार विस्थापित सुकुमवासीहरूलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको सरकारले जनाएको छ।
यसअघि गत ११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौंका १७ सुकुमवासी बस्तीबाट कुल २ हजार ६०८ परिवार विस्थापित भएका थिए।
विस्थापित भएकाहरूमध्ये हालसम्म ३८८ परिवारलाई सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखेको छ। बाँकी २ हजार २२० परिवार भने ‘होल्डिङ सेन्टर’ भन्दा बाहिर नै रहँदै आएको उनले बताए।
प्रकाशित: २० असार २०८३ १६:४५ शनिबार





