२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मतदान केन्द्रमा खटिएका कर्मचारीले बुझे सामग्री

मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझ्न सुरु गरेका छन्। जुम्लाको सदरमुकाम खलंगादेखि टाढाका मतदान केन्द्रका कर्मचारीहरुले ती सामग्री बुझ्न थालेका हुन्।  

बुधबार दुर्गम र टाढा स्थानको निर्वाचन सामग्री सम्बन्धित मतदान अधिकृतलाई बुझाइएको जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए।  

जिल्ला निर्वाचन कार्यालयले चुनावी सामग्रीका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र सम्बन्धित मतदान अधिकृतलाई बुझाएको छ। सिंजा,हिमा, कनकासुन्दरी, पातारासी र गुठिचौर गाउँपालिका अन्तर्गतका मतदान केन्द्रमा निर्वाचनका सामाग्री पठाएको छ।

मंसिर १ गते सबै मतदान केन्द्रका कर्मचारी पुग्नुपर्नेछ। सोमबार र बुधबार  मतदान र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो। निर्वाचनका लागि ८ सय ४८ जना कर्मचारी खटिएका छन्।

जिल्लाभर कुल १  सय ६ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ। जिल्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता छन्। प्रदेशसभा निर्वाचन ९क० मा ३६ हजार ७ सय ८३ र प्रदेशसभा ९ख० मा ३१ हजार ८ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ। जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App