१६ चैत्र २०८० शुक्रबार
राजनीति

हिडेंर मतदानस्थल पुग्न नसक्ने मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन सवारी पास अनिवार्य

हिडेंर मतदानस्थल पुग्न नसक्ने प्रकृतिका मतदातालाई मतदान स्थलसम्म पुग्न चाहिने सवारीका लागि ताप्लेजुङमा सवारी पास अनिवार्य गरिएको छ।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस निर्मला योङ्याको उपस्थिति तथा जिल्ला निर्वाचन व्यवस्थापन समितिको संयोजनमा बुधबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले दुईबुदें निर्णय गरेको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीका अनुसार हिडेंर मतदानस्थल पुग्न नसक्ने भनी सम्बन्धित वडा कार्यालले गर्ने सिफारिसका आधारमा सवारी पास उपलब्ध गराइने भएको छ।  

उम्मेदवारले लिएको पासका आधारमा चल्ने सवारीमा यस्ता मतदाता लैजान तथा ल्याउन नपाइने भएको छ। ‘सवारी पासको अन्य प्रकृया निर्वाचन आयोगले तयार पारेको प्रकृया र मापदण्ड अनुसार हुने छ’सहायक निर्वाचन अधिकृत रेग्मीले भने।  

उनका अनुसार यहाँका राजनीतिक दलहरुले मौन अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर १ गते मध्यरातिदेखि मौन अवधि सुरु हुन्छ।  

प्रकाशित: ३० कार्तिक २०७९ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App